लिजा बनिन् आमा

फिल्म । बलिउडकि अभिनेत्री लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन् । उनले दोस्रो सन्तान को रुपमा छोरो जन्म‍ाएकी छन् । उनले छोराको नाम लियो राखेकी छन् । लिजाले सोसल मिडियामा छोराको तस्बिर सेयर गर्दै फ्यानलाई यसको जानकारी गराएकी हुन् । ‘यो सानो आशीर्वादले मेरो मन छोएको छ । यस्तो पहिला कहिल्यै भएको थिएन । जुन प्रेमले मैले उनीहरूलाई हेरिरहेको छु त्यसको बयान गर्न मसँग शब्द नै छैन । मलाई अझै विश्वास लागि रहेको छैन कि म यिनीहरूकी आमा हुँ’ लिजाले आफ्ना छोराहरू ज्याक र लियोको तस्बिर सेयर गर्दै लेखेकी छन् ।

२०१६ अक्टोबरमा डिनो लालवानीसँग विवाह गरेकी लिजाको यसअघि उनको एक छोरा थिए । १७ मे २०१७ मा उनले पहिलो सन्तान जन्माएकी थिइन् । क्विन, हाउसफुल-३ र ऐ दिल है मुस्किलजस्ता हिट फिल्ममा काम गरेकी लिजा २०१० मा प्रदर्शनमा आएको फिल्म ‘आइसा’ बाट बलिउडमा प्रवेश गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्