स्वरूपको स्वरमा ‘सम्हालेर राखेको छु’ सार्वजनिक

सङ्गीत । गीतकार सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीतलाई गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । गीतका शब्दले अत्यन्तै हृदयस्पर्शी भएकै कारण गाउन चाहेको बताए आचार्यले । उनले भने, ‘गीत प्रेमिल छ । विगतको पल सम्झिएर बाँच्नेहरु पनि धेरै छन् ।’

व्यापार, अभिनय र साामाजिक काममा सक्रिय गीतकार सुरेन्द्र गायक आर्चायको कुरामा सहमत राख्दै भने,‘आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उन्ने कोसिस गरेको हो । अब दर्शकको भयो ।’

नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन् । नवीन कार्कीको कम्पोज रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । उत्तम हुमागाइँको छायांकन तथा निर्देशन चल्तीका म्युजिक भिडियो निर्देशक निकेश खड्काले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्