फिल्म । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधवार विहान आफ्नै निवासमा निधन भएको हो । निधनको कारण यकिनन खुल्न नसकेता पनि हृदयघात भनिएको छ । उनको काठमाण्डौ स्थित शिक्षण अस्पतालमा पोस्टमाडम गरेपछि अन्तेष्टी गरिनेछ । लामो समयदेखि लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गर्दै आएका उनी कशुल गायक पनि हुन् । उनले स्वर दिएको ‘कलकत्ते काइँयो केश मेरो बांगो…’, ‘टेबलमा ऐना छ…’ बोलको गीत उनको नामको पर्याय नै बनेको छ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ लगायतका फिल्मको निर्देशन पनि गरेका छन् ।