डनगिरी गर्दै शाहरुख

फिल्म । पछिल्लो समय बलिउड एक्टर शाहरुख खानको समय ठिकठाक चलिरहेको छ । केहि समय यता उनि अभिनित फिल्मले दर्शकको मन जित्न सकेकाछैनन् । पछिल्लो फिल्म जिरो पनि दर्शकले मन पराएनन् , जसले गर्दा बक्सअफिसमा फिक्का सावित भयो । यिनै शाहरुख अब भने एक्सन अवतारमा प्रस्तुत हुने भएकाछन् । उनि डनगिरी गर्दैछन् तर रियल लाइफमा नभई रिल लाइफमा । उनले आफ्नो सफल फिल्म डन र डन २ पछि यसको तेस्रो सिरिजको तयारी थालेका छन् । पछिल्लो समय कन्टेन बेस्ड फिल्मलाई प्राथमिकतामा राखेका शाहरुखले अब एक्सन फिल्मलाई पनि संगी अगाडी बढाउने भएका छन् ।

फिल्मका निर्देशक फरहान अख्तरले तेस्रो सिरिजमा काम भइरहेको बताएका छन् । उनि निर्मित फिल्म गल्लि ब्वाईको ट्रेलर लन्चमा उनले सन् २०२० मा दर्शक समक्ष फिल्म पुग्ने अनुमान गरे । उनले यतिबेला स्टोरीमा काम गरिरहेको बताएका छन् । ‘हामी काम गर्दैछौ जब पुरा हुन्छ घोषणा गर्छौ नै’ उनले मिडियालाई प्रतिक्रिया दिदै भने । यता शाहरुख पनि राकेश शर्माको बायोपिकमा आधारित फिल्मको काममा व्यस्त छन् । त्यसपछि यी दुइले टिमअप गर्नेछन् । पछिल्लो समय रोमान्टिक र सोसल ड्रामामा देखिदै आएका शाहरुखलाई एक्सन अवतारमा दर्शकले कसरि लिन्छन ? यो भने आउदो समयले नै बताउनेछ ।

कमेन्ट गर्नुहोस्