फिल्म । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । आरआर फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा उनि अनुबन्धित भएका हुन् । आर्यनसँग निर्माण टीमले सोमबार लिखित सम्झौता गरिसकेको छ । नाम नखुलाइएको फिल्मलाई मधुसुधन भट्टराईले निर्देशन गर्नेछन् । एक्सन र लभ स्टोरी जनरामा निर्माण गर्न लागिएको फिल्मका लागि आर्यन उपयुक्त पात्र रहेको निर्देशक भट्टराईले बताए ।
फिल्मलाई विदेशमा छायांकन गर्ने तयारी निर्माण टीमको रहेको छ । यद्दपी कोरोना भाइरसको बढ्दो जोखिमले यसको छायांकनमा ढिलाई हुने पक्का झैँ छ । फिल्ममा आर्यन तय भएता पनि अन्य कलाकार को-को रहने भन्ने विषयमा भने खुलाइएको छैन । आर्यनले ‘डिसेम्बर फल्स’ फिल्मको छायांकन सकाईसकेका छन् भने उनि कविराज गहतराजको निर्देशनमा बन्ने फिल्म ‘मिरर’ पनि साइन गरेका छन् ।
कमेन्ट गर्नुहोस्










