‘च च हुई’ को दोस्रो गीत जवानी सार्वजनिक (भिडियो)

633 Shares

फिल्म । यसवर्षको विजय दशमीले नेपाली घरमा प्रवेश गरिसकेको छ । किनकी आज आइतबार नेपाली घटस्थापनाको दिन जमरा राखिसकेका छन् । नेपालीहरु चाडपर्वको मुडमा रहदै गर्दा नेपाली फिल्म ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक पहिलो गीत ‘सिल्की सिल्की’ बालको सफलतापछी यतिबेला दोस्रो गीत ‘जवानी’ सार्वजनिक गरेको छ ।

सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएकी छिन् । केहि दिन अगाडी बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार गीतलाई आकर्षक देखाउन निर्माण पक्षले केहि सम्झौता गरेको छैन । गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाइ समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । लुको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ् दिएका छन् ।

आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ । फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् ।

यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्