माघमा ‘अनागत’

फिल्म । श्रीमान्–श्रीमतीबीच घर व्यवहारमा उब्जिने मसिना समस्यालाई विषयवस्तु बनाएर तयार गरिएको फिल्म ‘अनागत’ माघ ११ मा रिलिज हुने भएको छ । २ वर्ष अगाडी नै मुहुर्त गरिएको फिल्म विभिन्न कारणले रिलिज हुन् सकेको थिएन । फिल्ममा प्रियंका कार्की र अर्पण थापा मुख्य भूमिकामा छन् । फिल्ममा यी दुईले श्रीमान -श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर श्रेणीमा बन्ने फिल्ममा अर्पण र प्रियंकासँगै प्रवीण खतिवडा र राेशिन सुवेदीको मुख्य भूमिका हुनेछ । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयम निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्