जोगिन्दरको नाममा प्रोडक्ट

308 Shares

फिल्म । जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजालको नाममा ब्रान्ड निस्किने भएको छ । पान पसलेको रुपमा जोगिन्दरको भूमिकामा प्रस्तुत हुने उनको नाममा गुट्खा निस्किने भएको हो । सोमबारबाट बजारमा उपलब्ध हुने गुट्खाको नाम ‘जोगिन्दर’ रखिएको छ । नेपालमै उत्पादन हुने प्रोडक्ट आफ्नो नामबाट निस्किदा उनि खुसि छन् । किनकी कलाकारको उपनाममा निस्किन लागेको प्रोडक्ट नेपालमा संवत पहिलो हो ।

‘मेरो नाममा प्रोडक्ट निकाल्दै छु भनेपछि मलाइ खुसि लाग्यो’ जोगिन्दरले भने ,’हामीले प्रस्तुत गरेको क्यारेक्टरमा लगानी गरेर कसैले स्वदेशमा रोजगारीको अवसर ल्याउछ भने हामी खुसि हुनुपर्छ ।’ उत्पादक पुजा सुर्ती उद्योगका संचालक हिरालाल शाहले पनि आफुले कम्पनी स्थापना गर्दै स्वदेशमा रोजगारीको सृजनामा लागेको बताए । उनले केहि नाम नसोचेका होइनन् तर अरुसंग मिल्दो भएपछी आफुलाई मन पर्ने टेलिभिजन कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ बाट जोगिन्दर सापटी लिदै प्रोडक्ट नै बजारमा ल्याएका हुन् ।

पान व्यवसायी भएकाले उनले जोगिन्दरको शो हेर्ने गर्थे । ‘हामी पान व्यवसायीको शान जोगिन्दरजीले बढाउनु भएको छ । त्यसैले उहाँको सम्मानमा प्रोडक्ट बजारमा ल्याएका हौँ’ शाहले भने । जोगिन्दरले आफ्नो उदेश्य यस्ता प्रोडक्टलाई प्रोत्साहन नगर्ने रहेको प्रस्ट्याए । यद्दपी उनले आफ्नो उपनाम प्रयोग गरेर स्वदेशमै कुनै प्रोडक्ट उत्पादन हुन्छ र त्यहाँ केहि नेपालीले रोजगार पाउछन भने त्यो खुसिको कुरा रहेको दिए ।

कमेन्ट गर्नुहोस्