‘बीर विक्रम २’ पोस्टरमा माया र मित्रता

264 Shares

फिल्म । आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बीर विक्रम २’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारको लुक्सलाई देखाइएको छ । मुख्यकलाकारहरु पल शाह , वर्ष सिवाकोटी , नाजिर हुसेन र बुद्धि तामाङ यसमा फिचर्ड छन् । डिजाइनर आनन्द महर्जनले पोस्टरमा प्रेम भाव र मित्रतालाई प्रस्तुत गरेका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार फिल्मले मित्रता र मायाको कथा नै समेटेको छ । हिमाली सुन्दर दृश्यमा छायाँकन गरिएको फिल्म सफल फिल्मको सिक्वेल हो । तर यसको नाम बाहेक सिक्वेलमा अन्य केहि समानता नरहेको निर्देशक चाम्सले बताउदै आएका छन् । ‘फिल्मले आँखालाई शितलता दिन्छ भने गीतसंगीत कर्णप्रिय छन्’ निर्देशक चाम्स भन्छन् ‘फिल्मले आन्तरिक पर्यटनमा पनि प्रवर्धन गर्छ ।’

फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ भने अपर्ण सापकोटा यसको सह-निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

Facebook Comments