सुनकेसरीको सिक्वेल आउने

गत जेठ ११ मा प्रदर्शनमा आएको फिल्म हो , सुनकेसरी । हरर फिल्मको छायाँकन अस्ट्रेलियामा गरिएको छ भने केहि उतैका र केहि यताका कलाकार छन् , फिल्ममा । अघिल्ला हरेर फिल्मले अपेक्षित सफलता हात नपार्दा ‘सुनकेसरी’ टीमले फिल्म निर्माणमा निकै मेहनत गरेको यसका टिम क्याप्टेन अर्थात् निर्देशक अर्पण थापा बताउछन ।

‘हामीलाई थाहा थियो हाम्रो मुल्याकन कन्जुरिङ र एनाबेलसँग हुन्छ’ अर्पण भन्छन ‘हामीले क्वालिटीमा सम्झौता नगरेकै कारण सफलतासँगै केहि आश जगाएको छ ।’हामीले यसो गर्नुको कारण केहि फरक गर्नेको लागि पनि स्कोप छ है भनेर देखाउनु पनि हो’ निर्मात्रीसँगै अभिनेत्री समेत रहेकी ऋचा भन्छिन ‘अब फिल्ममा सम्झौता गर्न थालियो भने हामीले दर्शक गुमाउछौ , त्यसैले फिल्म राम्रो बनाउनेमा ध्यान दिनु आवश्यक छ ।’

अर्पणले पनि फरक गर्नेका लागि आश जागेको बताए । ‘आधा लभपछी केहि निराश पनि भएको थिए तर सुनकेसरीले आश बढाएको छ’ उनले भने । उनि अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । फिल्मले प्रदर्शनको पाँच दिनमा १ करोड ४ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जनाएको छ । साथै यसको सिक्वेललाई सन् २०२० सम्ममा प्रदर्शनमा ल्याइने पनि उक्त अवसरमा ऋचाले घोषणा गरिन ।

कमेन्ट गर्नुहोस्