फिल्म । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यको केक हलमा काटिएको छ । हाल मदनकृष्ण श्रेष्ठसँग कार्यक्रमको शिलशिलामा अमेरिकामा रहेका अभिनेता आचार्यको केक चावहिलको केएल टावरस्थित एफक्युब सिनेमाज ‘महापुरूष’ टिमले काटेको थियो । अभिनेता आचार्यको जन्मदिनमा साँझ फिल्म हेर्न पुगेका दर्शककै उपस्थितिमा केक काट्न उनका छोरा मोहितवंश आचार्यसँगै ‘महापुरूष’ टिमबाट निर्माता दीपेश खत्री, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू अरुण क्षेत्री र अन्जना बराईली पुगेका थिएँ ।
फिल्म सकिएपछि आफ्नो अगाडी टिमलाई पाउँदा दर्शक उत्साहित थिएँ । उनीहरूले संयुक्तरुपमा अभिनेता आचार्यलाई जन्मदिनको शुभकामना समेत दिएँ । ‘म अमेरिकामा रहेता पनि मन नेपालमै छ । फिल्म प्रति दर्शकले दिनुभएको मायालाई शब्दमा धन्यवाद व्यक्त गर्न सक्दिन । म नहुँदा समेत हलमा केक काटियो, निकै खुसी छु’, अभिनेता आचार्यले भिडियो कलमार्फत भने । उनी अमेरिकाको विभिन्न सहरहरूमा भइरहेको शोमा सहभागी समेत भइरहेका छन् ।
आफ्नो बुवा र फिल्मले पाइरहेको मायाले मोहित दंग थिएँ । ‘बुवा यहाँ हुनुभएको अझैँ रमाइलो हुन्थ्यो । निकै खुसी छु । दर्शकहरू फिल्म हेरेर निस्किदा खुसी हुनहुन्छ । यसले हामीलाई निकै उत्साहित बनाएको छ’, मोहितले भने । फिल्ममा अभिनेता आचार्यले निर्वाह गर्नुभएको भूमिकाको चर्चा अहिले सर्वत्र छ । निर्माता दीपेश खत्रीले फिल्म मार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताए । एक्लोपनमा गुम्सिएका बुवाआमाको मर्म फिल्ममार्फत व्यक्त गरेका हौँ । महापुरूष नभई मानव बनेर बाच्न फिल्मले प्रेरित गर्नेछ’, निर्माता खत्रीले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।












