संगीत । सञ्चारकर्मसँगै गायनमा रहेकी गायिका सरिता भारतीले नयाँ गीत ल्याएकी छिन् । उनको सार्वजनिक ‘देशै रोयो कोरोनाले’गीतमा चेतन गोतामे र गायिका सरिता भारतीलेसहकार्य गरेका छन् । गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन् ।
गायिका सरिता, गायक चेतनसँगै गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ । गीतलाई सागर प्रधानले लेखेका हुन् । गीतमा संगीत पनि सागर प्रधानकै छ । गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन् । गायक गायिकासँगै अन्य २० जना भन्दाबढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ ।
लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको सरिताले बताएकी छिन् । उनका अनुसार यो गीतको भिडियो पनि दुई दिन तयार गरेर रिलिज गरिएको हो । बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन् ।











