‘लप्पन छप्पन २’ बाट आनाको डेब्यु

फिल्म । केहि समय यता फिल्म ‘लप्पन छप्पन २’ को चर्चा बढ्दो छ । फिल्मको छायाँकन अष्ट्रेलियामा सकिएर टोलि यतीबेला नेपाल आइसकेको छ । यसै फिल्म मार्फत आना ढकालले डेब्यु गर्ने भएकी छिन् । केहि समय देखि अस्ट्रेलिया बस्दै आएकी आनाले ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन् । कार्यक्रम प्रस्तोता तथा गायिका आना चितवनमा जन्मिएकी हुन् । उनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । अष्ट्रेलियाको सिड्नीमा हुने विभिन्न इभेन्टमा सहभागी हुने मात्र नभई उनले नेपाली फिल्मलाई वजार विस्तार गर्न सघाउने पनि गर्छिन् ।

फिल्ममा अभिनयको रूची बोकेकी आनाले अन्तत आफ्नो सपनालाई मुर्त रुप दिदैछिन् । उनि डेब्यु फिल्ममा नै अर्पण थापाको अपोजिटमा कास्ट भएकी छिन् । यसैले गर्दा उनलाई केहि चुनौती पनि थपिएको छ । फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् । अघिल्लो पार्ट पनि उनले नै निर्देशन गरेका थिए । फिल्ममा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् । फिल्ममा सौगात र अर्पणसँगै अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, शक्ति श्रेष्ठ, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन्

कमेन्ट गर्नुहोस्