कार्तिक र दिशाको जोडी

फिल्म । पछिल्लो समय बि – टाउनमा चर्चामा रहेको कार्तिक आर्यनले नेक्स्ट फिल्ममा दिशा पटानीसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । युवापुस्तामा राम्रो फलोअर्स कमाएका कार्तिकले आफुलाई रोमान्टिक कमेडी फिल्ममा प्रस्तुत गर्दै आएका छन् । अनिस बाज्मीको निर्देशनमा तयार हुने फिल्ममा पनि रोमान्टिक कमेडी जनरकै हुनेछ । फिल्मलाई भुषण कुमारले निर्माण गर्नेछन् । फिल्मको छायाँकन यसै वर्षको मध्येबाट सुरु हुनेछ । भुषणके दिशाको कामलाई निर्माणाधीन फिल्म ‘भारत’ मा नै रुचाएका थिए भने कार्तिक पछिल्लो पुस्ताका चर्चित कलाकार हुन् ।

कमेन्ट गर्नुहोस्