फिल्म । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भईसकेको कैलाश राइको निर्देशनमा तयार भएको फिल्म माघको २० गतेबाट देशभर रिलिज गर्ने निर्माणपक्षले पक्का गरेको छ । नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ । यसमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ ।
अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको फिल्म लभ स्टोरी जनरामा निर्माण गरिएको छ । यसमा पुनः भारतमा मङ्सिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।

कमेन्ट गर्नुहोस्











