दंग डेब्युगर्ल (फोटो फिचर)

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म मध्यको एक क्याप्टेन मार्फत दुइ नयाँ अनुहारले डेब्यु गर्दैछन् । युवास्टार अनमोल केसी अभिनित प्राय फिल्मबाट नयाँ अनुहारले डेब्यु गरिरहेको छन् , यसैको शिलशिला हो उपासना सिंह ठकुरी र प्रियंका एमभी । अनमोलको फिल्म मार्फत डेब्यु भएकोले यी दुइ नै चर्चामा छन् ।

मंगलवार साँझ आयोजित सेलेब्स शो पश्चात पाएको प्रतिक्रियाले यी दुइ नै खुसि थिए । ‘पहिलो फिल्म भएकोले त्यति धेरै आशावादी थिइन् तर राम्रो फिडब्याक पाइरहेकी छु’ प्रियंकाले भनिन् ‘यसले गर्दा मलाइ अगाडी बढ्न मदत पुगेको छ ।’ उनि फ्रेन्डस र फ्यामिलीसँगै फ्यान मार्फत आएको प्रतिक्रियाले उत्साहित छिन । प्रियंका पनि आफुले पाएको प्रतिक्रियाले दंग छिन । ‘मलाई निकै खुसि लागेको छ , राम्रो गर्यौ धेरैले भन्नु भएको छ’ उपासना भन्छिन् ‘आउँदा दिनमा यसमा भएको कमजोरीलाई सुधार्दै अगाडी बढ्नेछु ।’

फिल्ममा अनमोल फुटवलरको भूमिकामा छन् , जसलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । फिल्ममा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

तस्वीरहरु आर्यन बिमली

कमेन्ट गर्नुहोस्