किन बनेन ‘तेरे नाम’ को सिक्वेल ?

फिल्म । अभिनेता सलमान खानको अभिनय रहेको फिल्ममा ‘तेरे नाम’को चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा सलमानले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो ।

झन्डै १७ वर्ष अगाडी आएको यसफिल्मको सिक्वेल बन्ने धेरै नै चर्चा भयो । तर दर्शकले विस्वासिलो मध्यमबाट अझै पनि सिक्वेल बन्ने खबर पाएका छैनन् । फिल्मको समाप्तीमा दोस्रो सिक्वेल जोड्न सक्ने भएकाले धेरैले सिक्वेलको प्रतिक्षा गरेका थिए । फिल्मका निर्देशक सतिश कौसिकले पनि यसको सिक्वेल बनाउने सोचेका थिए ।

उनले यसको लागि सलमानलाई अप्रोच पनि गरे तर सलमानले मानेनन् । हालै पनि सतिशले सलमानलाई फिल्मको सिक्वेलमा अभिनय गर्नको लागि आग्रह गरेका छन् तर सलमानले ठाडै अस्विकार गरेका छन् । सलमानले किन अस्विकार गरे यो त उनैले जानुन । तर, सतिशसँग सलमानको विकल्प छैन । यद्दपी दर्शक सलमानको ‘लभ स्टोरी’ फिल्म भने कुरिरहेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्