इरफानलाई सेटमा पाउँदा भावुक बने युनिट

फिल्म । बलिउडमा राम्रो अभिनयको लागि चिनिन्छन , इरफान खान । उनले गर्ने जीवन्त अभिनयकै कारण आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाएका छन् । उनको अभिनय र कन्टेनले काम गरेमा फिल्मले राम्रो ब्यापार गर्छ । उनका पछिल्ला फिल्मले यस्तै देखाउछ । तर उनि केहि समय अगाडी क्यान्सरको कारण लामो समय पर्दाबाट टाढिए ।

उनको उपचार लन्डनमा भयो , जहाँ उनले स्वास्थ्य लाभ गरेर फर्किसकेका छन् । उनि इन्डिया फर्किने वितिकै फ्यानले सोसल मिडिया मार्फत खुसि व्यक्त गरेका थिए । यिनै इरफानले ‘अंग्रेजी मिडियम’ छायाँकन सुरु गरेका छन् । फिल्मको पहिलो दृश्य कैद हुदै गर्दा सेटमा रहेका सम्पूर्ण सदस्य भावुक बनेका थिए । यस टिमसँग इरफानले हिन्दी मिडियममा काम गरिसकेका थिए । मृत्युसँग लडेर सेटमा फर्किएका इरफान देख्दै गर्दा सम्पूर्ण सदस्य भावुक भए ।

होमी अडजानिया निर्देशनमा तयार हुने फिल्मको छायांकनको तस्वीरहरु सार्वजनिक भएको छ । उक्त तस्वीरमा इरफान नयाँ फुर्ति सहित काममा फर्किएको आभाष गर्न सकिन्छ । सन् २०१७ मा रिलिज भएको फिल्म ‘हिन्दी मेडियम’ लाई समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाएका थिए । शिक्षा प्रणाली माथिको व्यंग रहेको फिल्मको सिक्वेलमा काम गर्न इरफान तयार भईसकेका छन् ।

कमेन्ट गर्नुहोस्