सरस्वतीलाई मदन भन्दैछन् ‘आउँ है कान्छी’

संगीत । प्रबिन बेडवाल र रचना रिमालको आवाज रहेको ‘आउँ है कान्छी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उदास लामाको शब्द रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । गीतको निर्मित भिडियोमा मदन रोकाया र सरस्वती खत्री फिचर्ड छन् । भिडियोमा यी दुइको प्रेम भावलाइ चित्रण गरिएको छ ।

भिडियोमा बाबु श्रेष्ठको छायांकन , सुरेश पाण्डेको कोरियोग्राफी , शौखिन तिमल्सेनाको सम्पादन रहेको छ । गीतलाई दुर्गा श्रेष्ठले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्