पासवर्ड : विदेशी लोकेशनमा स्वादेशी कथा

219 Shares

फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आउंदैछ । नेपाली फिल्ममा बलिउडकि हट गर्ल सन्नी लियोनी भएको कारण चर्चामा छ । फिल्ममा उनको आइटम नृत्य रहेको छ । लन्डन तथा आसपासका सहरमा छायाँकन गरिएको छ फिल्म ‘पासवर्ड’ । फिल्मको अधिकांस छायांकन विदेशमा गरीए पनि नेपाली कथा देखाइएको छ । नेपाललाई विश्व माँझ परिचित गराईरहेको प्राकृतिक सम्पदाको विषयमा फिल्म छ । यसमा नेपालबाट धार्मिकस्थलका बहुलुम्य मुर्तिलाई गैरकानुनीरुपमा विदेश लगिने गिरोह कथा छ । यस विषयवस्तुलाई रोज्न फिल्मका लिड कलाकार बिक्रम जोशीले सुझाएका थिए । ‘यसकिसिमको गतिविधि मिडियामा हेर्न र पढ्न पाइन् , जुन राम्रो होइन’ उनि भन्छन् ‘हामीले फिल्म मार्फत त्यस्ता गतिविधिलाई निरुत्साहित पनि गर्न खोजेका हौ तर फिल्मी शैली मै ।’

साथै , सेप्टेम्बर २० अर्थात असोज ३ देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुदैछ । निर्माता अजित के आर थापा भन्छन् , ‘अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने सिनेमा भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ ।’ यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थसंगै युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा सिनेमा रिलिज तय भएको उनले बताए ।

एक्सन जनरको फिल्ममा बिक्रमसँगै अनुपविक्रम शाही, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । सम्राट बस्नेत निर्देशित फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् । अंकित गौतमको कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

Facebook Comments