हमालले वितरण गरे राहत

फिल्म । अभिनेता राजेश हमालले पनि बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण गरेका छन् । उनले हेलम्बुमा स्थानीयलाई खाद्यानसंगै कपडा पनि वितरण गरेका छन् । सिम्रीक एअरको हेलिकप्टरबाट हेलम्बु पुगेका उनले बिजुली चार्जर उपकरण समेत प्रदान गरे । बेलाबखतमा उनलाई सहयोगी हात अगाडी नबढाएको आरोप पनि लाग्ने गरेको छ ।

नेपाली फिल्ममा तीन दशकको यात्रामा रहेका हमालले सहयोग गरेसंगै उनका फ्यान खुसि देखिएका छन् । साथै , सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई अन्य कलाकारहरु श्वेता खड्का, आँचल शर्मा , पुजा शर्मा , निर्देशक मिलन चाम्स , ओएसआर डिजिटलका ओम अग्रवालले पनि प्रभावित स्थलमा पुगेर राहत वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्