बलिउडमा उदाईन् सारा र जान्ह्वी

फिल्म । सन् २०१८ मा बलिउडमा दुई नयाँ एक्ट्रेसको डेब्यु भएको छ , ति हुन् जान्ह्वी कपुर र साराअलि खान । जान्ह्वीले फिल्म धड़क मार्फत बलिउडमा डेब्यु गरेकी हुन् भने साराले केदारनाथ मार्फत । यसवर्ष यी दुई मध्यएकले डेब्युको अवार्ड पाउनेमा सायदै कसैको विमति होला । किनकी यी दुईले राम्रो काम गरेका छन् । जान्ह्वीको अपोजिटमा डेब्यु अनुहार इशान खट्टर थिए । धड़कमा यी दुईको केमेष्ट्रीलाई दर्शकले खुबै रुचाए । जान्ह्वीले डेब्यु फिल्म मार्फत नै आफ्नो नाम स्थापित गर्न सफल भइन । एक्ट्रेस श्रेदेबीकि छोरी जान्ह्वीलाई बलिउडमा सम्भावना बोकेको एक्ट्रेसको रुपमा हेर्ने गरिन्छ ।

जान्ह्वी मात्र नभई एक्ट्रेस अमृता सिंहकि छोरी साराअलि खानले पनि केदारनाथ मार्फत नै आफ्नो अभिनयको जादु देखाइन । डेब्यु फिल्ममा उनलाई रुचाईयो । त्यसपछि वर्षको अन्त्यमा उनि अभिनित दोस्रो फिल्म ‘सिम्बा’ रिलिज भयो । यस फिल्ममा पनि साराले प्रसंसा पाइन् । फिल्म रणवीर सिंहमा केन्द्रित भएता पनि दर्शकले साराको सुन्दरताको बयान गरे । सारालाई पनि सम्भावना बोकेकी एक्ट्रेसको रुपमा बलिउडमा हेर्ने गरिन्छ । जान्ह्वी र सारा दुवै सन् २०१८ मा बलिउडमा उदाएका नयाँ तारा हुन् , जो चम्किसक्यो । यी दुईले आउदो वर्षको लागि धेरै फिल्मो अफर पाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्