क्यान्सर मुक्त भए संजय

0 Shares

फिल्म । बलिउड अभिनेता संजय दत्तले आफुले क्यान्सरलाई जितेको जनाएका छन् । सामाजिक संजालमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदै उनले पछिल्लो केहि समय आफु र आफ्नो परिवारका निमित मुश्किल रहेको जनाए । ‘तपाइको जितमा आत्मविश्वासको ठुलो भूमिका हुन्छ ,’संजय भन्छन् ,’मेरो बच्चाको जन्मदिनमा यो खुसिको खबर भन्न पाउँदा निकै उत्साहित छु ।’

उनले आफ्नो परिवार, साथीभाई, फ्यानको आशिर्वादले यो जित सम्भव रहेको समेत उल्लेख गरेकाछन । केहि समय यता समाजिक सञ्जालमा सार्वजानिक भएका उनको फोटोहरुले बलिउड प्रेमीलाई दुखि बनाएको थियो । उनलाई फोक्सोको क्यान्सर भएको थियो । उपचारका लागि अमेरिका जाने तयारीमा रहेका संजयले भारतको कोकिलाबेन अस्पतालमा नै उपचार गराएर ठिक भएका हुन् । सोमबार उनी क्यान्सरमुक्त भएको रिपोर्ट आएको भारतीय मिडियाले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्