ट्रेलरले प्रतिक्षित बनाएको ‘कागजपत्र’

466 Shares

फिल्म । यतिबेला चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कागजपत्र’ सार्वजनिक प्रचारप्रसार सामाग्रीका कारण चर्चामा छ । सार्वजनिक गीत माया संसारको कारण चर्चामा रहेको फिल्मलाई ट्रेलरले दर्शक माँझ नोटिस गराएको हो । ट्रेलर हेर्दा लाग्छ यसमा ‘कन्टेन विथ कमेडी’ छ । यसलाई निर्देशक अपिल विष्टले प्रस्ट्याए । ‘मैले झुम्कीमा कन्टेन त ल्याय तर त्यसलाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गर्न सकिन , त्यसैले यसपटक अघिल्लो गल्तिलाई सुधारेको छु’ अपिल भन्छन् ‘फिल्ममा दर्शकले आफ्नै वा छरछिमेकको कथा पाउनु हुनेछ ।’

आपसी सहमतिमा स्वार्थ पूर्तिका निमित कागजपत्र बनाउदै र आफ्न्तसँगै विवाह गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथामा आधारित भएर निर्माण भएको फिल्मले दर्शकलाई संदेश दिने भन्दा पनि अवस्थाको ज्ञात गराउने उनले बताए । फिल्ममा अभिनेता नाजिर हुसेनसँग अभिनेत्री शिल्पा मास्केको प्रेम देखिइएको छ, तर अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोेटासँग विवाह गरेकी छन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।

यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

Facebook Comments