रामले सुरू गरे ‘राम युनिसेक्स सैलुन’

देश । सेलिब्रेटीका प्रिय हेयर एण्ड मेकअप आर्टिस्टका रुपमा परिचित राम ठाकुरले नयाँ ‘राम युनिसेक्स सैलुन’ संचालनमा ल्याएका छन् । उनले तेस्रो शाखाको रुपमा कोटेश्वरमा सैलुन संचालन गरिरहेका छन् । हेयर एण्ड मेकअप आर्टिस्टसँगै फिल्मका कलाकार समेत रहेका रामको सैलुनको उद्घाटन एक्सन स्टार निखिल उप्रेतीले गरेका थिएँ ।

पछिल्लो दुई दर्शकको समयदेखि निखिलको कपाल रामले नै काट्ने गरेका छन् । ‘रामसँग चिनजान भएर उनले कपाल काटे देखि अन्यसँग कटाएको छैन । उनी सरल छन्, उनको व्यवहारले पनि हामीलाई आकर्षित गर्छ’, निखिलले भने । विशेषत राम निखिलसँगै महानायक राजेश हमालको पर्सनल हेयर एण्ड मेकअप आर्टिस्टका रुपमा परिचित छन् ।

त्यसो त रामले नेपालका प्रायः सबै सेलिब्रेटीसँगै बलिउड र हलिउडबाट नेपालमा छायांकन गर्न आएका सेलिब्रेटीको कपाल काटिसकेका छन् । ‘पहिलेको तुलनामा यसमा विशेष सुविधा छ, यहाँ सर्वसाधारण देखि सेलिब्रेटी सम्मको कपाल काटिन्छ’, रामले भने । उनको सैलुनमा सेलिब्रेटीसँगै सर्वसाधारणले समेत कपाल कटाईरहेका हुन्छन् । उनीसँग कपाल कटाउने सर्वसाधारणले पनि सेलिब्रेटी भाइव्स आएको बताउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्