विराजको ‘साङ्लो’ अब पोष्ट प्रोडक्सनमा

फिल्म । पछिल्लो समय १० लाख रुपैयाको कारण चर्चामा रहेको फिल्म ‘साङ्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ । दशक अगाडी एक्सन स्टारको ट्याग पाएका अभिनेता विराज भट्टको डेब्यु निर्देशन रहेको फिल्मको क्यामेरा ‘अन’ भएको ५० दिनमा छायाँकन सकिएको छ । डोटीबाट छायाँकन सुरु भएको फिल्मको काठमाडौंमा केही सिन खिच्दै प्याकअप भएको निर्माण पक्षले जनाएको छ ।

भाद्रमा रिलिज गर्ने सोचमा रहेका विराजको फिल्म पोष्टप्रोडक्सनमा पुगेको छ । अब, केही महिना फिल्म सम्पादनको टेवुलमा रहनेछ । फिल्मलाई भदौमा रिलिज गर्ने सोचमा विराज छन् । किड्नी तस्करीको कथा बोल्ने बताइएको फिल्ममा विराज स्वयंको प्रमुख भूमिका छ ।

उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ ।

कमेन्ट गर्नुहोस्