निरौलाले भने ‘नियमन गर्नु दुखद’

7 Shares

देश । पछिल्लो समय नेपाल मिडिया काउन्सिल विधेयकलाई फिर्ता लिनु पर्ने मांग चौतर्फी भइरहेको छ । यसै क्रममा नेपाल सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नेपाल मिडिया काउन्सिल विधेयकमा उल्लेखित केही शब्दावलीका कारण कलाकार स्तब्ध भएको भन्दै कलाकार मोहन निरौला प्रेस विज्ञप्ति जारि गरेका छन् ।

पछिल्लो समय चर्चामा रहेका धेरै कलाकारलाई क्षेत्र प्रवेश गराउन महत्वपूर्ण योगदान रहेको परिवर्तन नेपालमा अध्यक्ष निरौलाले सयौं नेपाली कलाकारहरुले कलाकारिताको माध्यमबाट समाजलाई सुधार्दै फिल्म, लघुफिल्म, वृत्तिचित्र, धारावाहिक टेलिफिल्ममार्फत नराम्रा र गलत संस्कार, प्रवृत्तिलाई निरुत्साहित गर्दै आएको तथ्य जगजाहेर रहेको भन्दै यसलाई मिडिया काउन्सिल मातहत नियमन गर्ने व्यवस्था गरिने कार्य चलचित्र विकास बोर्डको अधिकार समेत खोस्ने हुनु सिंगो चलचित्र क्षेत्रकै लागि दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

हालै मात्र संसदमा पेश भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०७६ को दफा २ को उपदफा (छ) मा ‘विधुतीय प्रशारण तथा अनलाईन पत्रकारिता’ को दयराभित्र ‘अन्तर्वार्ता, टिप्पणी, श्रव्यदृष्य, चलचित्र, लघु चलचित्र, वृत्तचित्र’ को नियमन नेपाल मिडिया काउन्सिलमार्फत गर्ने कार्य स्वीकार्य हुन नहुने कलाकार निरौलाको ठम्याई छ । नेपाल मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्न परिवर्तन नेपाल जोडदार गरेको उनले बताएका छन् ।

Facebook Comments