देश । केहि समय यता हाम्रो टीम नामक सामाजिक संस्था मार्फत सामाजिक कार्यमा सक्रिय रहेका अभिनेता पल शाहले सरकारी जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका १८ जना अभियन्तालाई रिहा गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै अभियन्तालाई पक्राउ गरेर सरकारले दमन गरेको आरोप समेत लगाएका छन् ।
‘कोरोना माहामारीको बेला निशुल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भुकम्प,बाढी,पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’ माथी आज सरकारले दमन गरेको छ’ पल लेख्छन् ,’चाँडोभन्दा चाँडो सम्पूर्णलाई रिहा गर्न पहलको आग्रह छ ।’
हाम्रो टीम नेपाल अभियानले कोरोना महामारीको बेला सर्वसाधारणलाई निःशुल्क खाना खुवाउँदै नोटिस भएको थियो भने पछिल्लो समय अक्सिजनसंगै राहत वितरणमा सक्रिय रहेको छ ।