मर्जरको हल्ला गरेर सेयर मूल्य बढाएपछी ..

0 Shares

देश । मर्जरको हल्ला भएसँगै सिभिल बैंकको सेयरको मुल्य आइतबार बढ्यो । मर्जरको हल्लाले सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको हो । बैंकले मर्जरको हल्ला गरेपछि आइतबार कारोबार खुलेसँगै यसको सेयरको मुल्य बढ्न पुगेको हो । यद्दपी हल्ला भएजस्तो सिभिलले मर्जरको विषयमा कुनै निर्णय गरेको छैन । छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर हल्ला फैलाउनु गैरकानूनी हो ।

सिभिल बैंकले सेयर मूल्य बढाउनकै लागि चलखेल गरेको हुनसक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुमान सहित नेप्सेले आइतबार नै पत्राचार गर्दै सिभिललाई तत्कालै स्पष्टिकरण बुझाउन अल्टिमेटम दिएको छ । नेप्सेले धितोपत्र ऐन, २०६३ को दफा(४८) १ अनुसार भोलि कारोबार खुल्नु भन्दा अगाडि नै जवाफ पेश गर्न भनेको छ ।

सेयर बजारमा असर पर्ने कुनै निर्णय भएमा नेप्सेलाई तुरुन्तै जानकारी गराउनु पर्ने व्यवस्था छ । यसरी कुनै बैंकले मर्जरमा जाने निर्णय वा सहमति गरे नेप्सेलाई तत्कालै जानकारी गराउनु पर्ने र नेप्सेले कारोबार रोक्का गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्