गुगलका कर्मचारीले अझै घरबाटै काम गर्ने

2 Shares

विदेश । विश्वमा व्याप्त कोरोना भाइरस महामारीका कारण गुगल, फेसबुक, ट्विटर, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीका अधिकांस कर्मचारीहरुले लामो समयदेखि घरबाटै काम गरिरहेका छन् । कोरोन भाइरसको कहर विस्तारै घटिरहेको अवस्थामा पनि गुगलले कर्मचारीहरु अझै एक वर्षसम्म घरबाटै काम गर्न सक्ने निर्णय गरेको छ । गुगलका प्रवक्ताले सोमबार बताए अनुसार कम्तिमा पनि सन् २०२१ को जुलाई महिनासम्म कम्पनीले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने सुविधा दिनेछ ।

विश्वको सबैभन्दा ठूलो मध्येको एक कम्पनीले महामारीलाई मध्यनजर गर्दै अर्को वर्षको आधाआधीसम्मै कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था गर्नुलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । अब अन्य कम्पनीहरुले समेत गुगलको पदचाप पछ्याउने अनुमान गरिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्