देश । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६ सय ३ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका बाह्रदशी – ३ का ४५ पुरुष , बाराका कलैयाका ३२ वर्षीय पुरुष , पर्साका २५ , ३४ वर्षीय र ६० वर्षीय पुरुष , रौटहटका ३६ वर्षीय पुरुष, सर्लाहीका हरिपुर ७ का ४८ वर्षीय पुरुष, रुपन्देहीका समरिमाइ ५ का ४० , ५० वर्षीय पुरुष , रुपन्देही – १ का ३२ वर्षीय पुरुष , काठमान्डौमा सोह्रखुट्टेका ६९ वर्षीय पुरुष , नुवाकोटमा ककनीका ३९ वर्षीय पुरुष , रुपन्देही गैडाहावा गाउपलिका २३ , ३० र ४० वर्षीय पुरुष , कपिलवस्तुमा खैराती- ३ का ३५ , ३७ , ५२ वर्षीय पुरुष र गुल्मीमा मदानेका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पुरुष ५ सय २४ र महिला ७९ जना संक्रमि रहेका छन् । नुवाकोट कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।









