तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने

देश । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोलटाले सञ्‍चार मन्त्रालयमा यस साताका मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्ने क्रममा निर्धारित समयमा बस सञ्‍चालन गर्न नसकेको हुँदा उक्त सेयर लगानीवापतको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् । यसै कारण सरकारले साझा यातायातलाई सेयर लगानीबापत प्रदान गरेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ ।

‘सरकारले सेयरबापत लगानी गरेको तीन अर्ब र रकम उपलब्ध गराएको मितिदेखि हालसम्मको ब्याजसहित उक्त रकम फिर्ता लिने निर्णय गरेको छ’ मन्त्री बास्कोलटाले भने । सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्