देश । गत आर्थिक महिनाको अन्तिम त्रैमासिक (०७७ वैशाख–असार) मा नेपाल टेलिकमको खुद नाफा दुई तिहाइले कम भएको छ । गत आर्थिक वर्षको पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा ९९ करोड रुपैयाँमा झरेको टेलिकमले जनाएको छ । गतवर्ष टेलिकमले वैशाख देखि असारमसान्तसम्ममा २ अर्ब ५५ करोड ८७ रुपैयाँ लाख खुद नाफा आर्जन गरेको थियो । तर , यो अवधिमा यसपटक कम्पनीले ९९ करोड ४० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।टेलिकमले यो अवधिमा गरेको खुद नाफा गत वर्ष सोही अवधिको ३८ प्रतिशत मात्रै हो ।
यो तीनमहिने अवधिमा टेलिकमले आय पनि गुमाएको छ । वैशाखदेखि असार ३० गतेसम्म ९ अर्ब २२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा जनाइएको छ । तीन महिनाको अवधि मात्रै नभई १२ महिनाको तथ्यांक विश्लेषण गर्दा पनि टेलिकमको आय कम देखिन्छ । गत साउनदेखि असार ३१ सम्म टेलिकमले ४१ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको छ । ०७५ साउनदेखि ०७६ असारसम्मको टेलिकमको आय ४३ अर्ब ८३ करोड ९० लाख थियो ।










