प्रेस युनियन काठमाडौंले गर्यो एक दिने ‘आन्तरिक प्रशिक्षण कार्यक्रम’

देश । नेपाल प्रेस युनियनको काठमाडौँ शाखाले ‘सूचनाको हक, ट्रेड युनियन र प्रेस युनियन’ विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेससँगको समन्वयमा शनिवार सम्पन्न आन्तरिक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले यो वर्षलाई प्रशिक्षण वर्षको रुपमा मनाउने घोषणा अनुरूप प्रारम्भ भएको बताए ।

‘हाम्रो घोषणा अनुरूप प्रशिक्षण वर्षको सुरुआत काठमाडौं शाखाबात भएको छ । हामीले यो वर्षलाई प्रशिक्षण वर्षको रुपमा मनाउदै छौँ’, अध्यक्ष लम्सालले भने । काठमाडौं शाखा अध्यक्ष महेश्वर गौतमले प्रशिक्षण र क्षमता अभिवृद्धि कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने बताए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दीलिप पौडेल, पुर्व केन्द्रीय उपाध्यक्ष दामोदर दवाडी, उपत्यका प्रदेश तथा प्रतिष्ठान अध्यक्ष लिलाराज खनाल, ललितपुर शाखा अध्यक्ष केदार दाहाल लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा युनियनका पूर्व अध्यक्ष किरण पोखरेल, उपाध्यक्ष नकुल अर्याल, ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश केसी र महासचिव अजय राईले प्रशिक्षण दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्