मिस पबी बनिन् ‘एजुकेसन एण्ड माइग्रेसन कर्नर’ को प्रवर्धन दूत

देश । टिकटकर मिस पबी, जसको वास्तविक नाम पवित्रा साँखी हो, शैक्षिक परामर्शदातृ संस्था एजुकेसन एण्ड माइग्रेसन कर्नरको प्रवर्धन दूतमा नियुक्त भएकी छन् । हालै आयोजित एक समारोहमा उनी यस संस्थासँग औपचारिक रूपमा अनुबन्धित भएकी हुन् ।

संस्थाका प्रमुख सुनिल उप्रेतीले मिस पबीलाई संस्थामा स्वागत गर्दै खुसी व्यक्त गरे । एजुकेसन एण्ड माइग्रेसन कर्नर विगत १८ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय छ । यसले विद्यार्थीहरूलाई अस्ट्रेलिया, बेलायत, अमेरिका, युरोप, जापान, र क्यानडा लगायतका मुलुकहरूमा उच्च शिक्षाका लागि पठाउँदै आएको छ ।

संस्थाले काठमाडौँ, चितवन, दमक, इटहरी, बिर्तामोड, र अस्ट्रेलियाको सिड्नी लगायतका शहरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ । मिस पबीले एक पुरानो र विश्वसनीय संस्थासँग जोडिएर सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै संस्थाको प्रगतिका लागि आफू समर्पित हुने बताएकी छन् । ‘पुरानो र विश्वासिलो संस्थासँग जोडिएर सहकार्य गर्ने अवसर मिलेकोमा मलाई खुसी लागेको छ । संस्थाको प्रगतिको लागि समर्पित हुनेछु’ उनले भनिन् ।

मिस पबीलाई संस्थामा स्वागत गर्न पाउँदा प्रमुख सुनिल उप्रेतीले खुसी जनाए ।

कमेन्ट गर्नुहोस्