सुदर्शन गौतमबिरुद्ध रेड कर्नर नोटिस जारी

0 Shares

देश । ‘हिम्म्म्तवाली’ नामक फिल्ममा अभिनय गरेर आम दर्शक माँझ परिचित बनेका सुदर्शन गौतमको नाममा नेपालबाट झण्डैं एक दर्जन मुलुक हुँदै अमेरिकामा मानव तस्करी गरेको आरोपमा रेड कर्नर नोटिस जारी गरिएको छ । झण्डैं ८ महिनाको प्रक्रियापछि गौतमलाई पक्राउ गर्न प्रहरीले यस्तो कदम चालेको हो । क्यानडामा बस्दै आएका गौतम तस्करीको काम गर्दै आएको पुष्टि भएपछी उनलाई पक्राउको लागि नोटिस जारी गरिएको हो ।

प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोल सदस्य १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् । गौतम सहितको समुहले शुटिङ लगायतका विभिन्न बहाना गरि तिन युवतीलाई अमेरिका लैजाने लोभ लालच देखाउदै विभिन्न देश हुँदै हाइटीमा पुर्याएका थिए । उनिहरु हाइटीमै अलपत्र परेपछि गौतमको कालो कर्तुत बाहिर आएको थियो । अमेरिका पुर्याउने भन्दै समुन्द्रको बाटो लग्ने क्रममा केहिको निधन समेत भएको थियो ।

अनुसन्धानका क्रममा गौतम मानव तस्कारका मुख्य व्यक्तीमध्येका एक रहेको देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनी आफै अदालत उपस्थित नभएपछि नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । साथै, गौतम बिरुद्ध दर्जनौं नेपाली युवा–युवतीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोप छ ।

Facebook Comments