‘हजारीया खेल मैदान रंगशाला स्तरको बन्छ’

फाइल तस्वीर

देश । केहि दिन अगाडी मात्र नेपाली कांग्रेसको तर्फबाट प्रदेश नम्बर २ मा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री विरेन्द्र प्रसाद सिंहलाई आफ्नो प्रदेशमा भव्य स्वागत भएको छ । आफ्नो प्रदेश अन्तर्गत भेटघाटमा रहेका मन्त्रीलाई बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १,२,३ र ४ ले स्वागत गर्दै बधाई दिएका हुन् । स्वागतसंगै शुभेच्छा ग्रहण गर्दै मन्त्री सिंहले आफुलाई विश्वास गरेका जनतालाइ निराश नबनाउने बताए । आफ्नो मन्त्रालयको कार्यभारसंगै यसक्षेत्रमा हुन् सक्ने विकासलाई प्रत्यक्ष रुपमा निगरानी गर्नेमा उनले जोड दिए ।

‘मलाइ तपाईले जुन अमुल्य मत दिनु भएको छ , त्यसको गुण त तिर्न सक्दिन तर तपाइको विश्वास अनुसारनै काम गरेर देखाउने छु’ मन्त्री सिंहले भने ,’मैले सुरु गरेका अधिकांस योजनालाई मेरै कार्यकालमा मुर्तरुप दिनेछु ।’ उनले वरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर २ मा रहेको खेलमैदानलाई रंगशाला स्तरको बनाउने बताए । ‘मैले यो खेल मैदानलाई रंगशाला स्तरको बनाउने छु र त्यो काम छिटैनै सुरु हुनेछ’ मन्त्री सिंहले भने ,’यसक्षेत्रका खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् र त्यो म सिर्जना गर्नेछु ।’

उनले युवाले खेलकुद सामग्रीको अभाव झेल्नु नपर्ने बताए । साथै , उनले आफ्नो मन्त्रालय अन्तर्गत पर्ने समस्यालाई आफ्नै निगरानीमा समाधान गराउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले आफ्नो क्षेत्रमा रहेका एकल तथा गरिब महिलाको चयन गरि १० जनालाई घर बनाइ शिपमुलका तामिलको व्यवस्था समेत गर्ने बताए ।

यस्तै , कृषिलाई लक्षित गर्दै कोल्ड स्टोरको व्यस्था गर्नेमा पनि प्रतिबद्धता व्यक्त गरे । ‘मैले किसान दाजुभाईलाई सहुलियत होस् भनेर कोल्ड स्टोरलाई बजेट छुट्याउन लगाएको छु , त्यो पनि छिटै सुरुवात हुनेछ’ मन्त्री सिंहले भने । उनले आफुले विकासलाई भाषणमा नभई व्यवहारमा लागु गरेर देखाउने बताउदै केहि समय धर्यता गर्न आग्रह गरे ।

आफ्नो मन्तव्यकै क्रममा उनले कोरोना भाइरसको कारण ज्यान गुमाएका हजरियाका पुर्व पार्टी सभापति टिकाजंग रायमाझी र गभिरा सहनीलाई श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसको आउँदो महाधिवेशनका निमित गाउँ तथा वडाबाट सबल र सक्षम नेतृत्वलाई चयन गरेर पठाउन पनि आग्रह गरे ।

कमेन्ट गर्नुहोस्