यसकारण सामाजिक सञ्जालमा छैनन् पत्रकार नेपाल

देश । अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित छन् हुनेको आवाज पत्रकार बन्ने गरेकाछन् । यद्दपि केही समययता पत्रकार माथि नै यसबाट पिडित बनेकाछन् । झन्डै पाँच दशक भन्दा लामोसमयदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार किशोर नेपाल डेढ महिनादेखि सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित छन्। गत अक्टोबर २५ (कार्तिक ६) मा पत्रकार नेपालको फेसबुक अचानक बन्द हुन् पुग्यो । ह्याक भएको थाहा पाए लगत्तै विज्ञहरुसँग परामर्श गरेता पनि त्यसको समाधान अझै हुन् सकेको छैन । फेसबुकबाट देखिएको समस्या उहाँको अन्य सामजिक सञ्जालहरू ट्वीटर, इन्स्टाग्राममा समेत देखियो । यसकारण पत्रकार नेपाल सामाजिक सञ्जालको सम्पर्कबाट पूरै वञ्चित भए।

पत्रकार नेपालले नेपाल प्रहरीको साईबर व्यूरो पुगेर आफ्नो समस्या मौखिक र लिखित रुपमै जानकारी गराएता पनि अझै केही नभएको गुनासो गरेकाछन् । सरोकारवाला निकायहरूले समस्या समाधानमा कुनै चासो नदिएको उनका छोरा सुकृत नेपालले जानकारी दिए । ‘सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकै कारण उहाँलाई वञ्चित गराइएको छ । यसबारे सम्बन्धित निकाए मौन छन् । हामीले जानकारी गराउदा पनि कुनै सुनुवाई नहुनु दु:खद हो’, नेपालले भने । साथै, पत्रकार नेपालको ९८०२०३१८८१ नम्बरको मोवाईल नम्बर निर्वाचनको दुइदिन अघि बन्द गरियो। त्यसपछि उनको इमेल आइडीलाई समेत अवरुद्ध गरिएको छ ।

निर्वाचनका सन्दर्भमा तिखो विश्लेषण गर्दै सामाजिक सञ्जालमा समेत आफ्ना धारणा लेख्दै आएका थिए । नेपाल पत्रकार महासंघको अध्यक्ष, प्रेस काउन्सिल नेपालको सदस्य र तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार रहिसकेका पत्रकार नेपालले नेपाल टेलिभिजन र गोरखापत्र संस्थानको नेतृत्व पनि गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्