रहेनन् पत्रकार शर्मा

देश । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो । २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको उहाँलाई इन्फेक्सनको समस्या भएपछि गंगालाल अस्पताल भर्ना गरिएको थियो । गंगालालमा ५ दिन उपचार गरी उहाँलाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उहाँको आज बिहान निधन भएको बुझिएको छ ।

विक्रम संवत २००४ सालमा इलाममा जन्मनु भएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गर्नुभएको थियो भने विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर ख्याति कमाउनु भएको थियो । उहाँको शवलाई आजै पशुपतिनाथमा अन्तिम संस्कार सहित अन्तेष्टी गरिने छ ।

कमेन्ट गर्नुहोस्