कोरोनाको कारण मृत्यु हुनेको संख्या एक लाख बढी

Symbolic Picture

विदेश । कोरोना भाइरस (कोभिड १९) पछिल्लो समय सबै भन्दा बढी असर गरेको राष्ट्रमा पर्छ , संयुक्त राज्य अमेरिका । अमेरिकामा कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा निकै बढी छ । यहाँ कोरोना भाइरसको कारण १ लाख २ हजार ६ सय ३४ ले ज्यान गुमाईसकेका छन् । यहाँ संक्रमितको संख्या पनि अन्य देशको तुलनामा बढी छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १७ लाख ४६ हजार ७ सय रहेको छ । यसैगरी यहाँ कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या ३ लाख ७२ हजार रहेको छ ।

विश्वमै शक्तिशाली राष्ट्र भनेर चिनिने अमेरिकाले कोरोना भाइरसकै कारण एक लाख मान्छे गुमाएको छ । भाइरसकै कारण यति धेरै मृत्यु भएको यो घटना दशक यताकै ठुलो हो । आफूलाई विश्वकै शक्तिशाली देश भन्ने अमेरिका कोरोनाविरुद्धको लडाइँमा भने निरीह देखिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्