देश । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा संक्रमण बढेसंगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा पछिल्लो अवस्था बारे प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका हुन् । संक्रमितहरुमा २ सय ५७ पुरुष र महिला २२ जना छन् ।
संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् । त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७२ हजार आठ सय ८० को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट चार हजार चार सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार आठ सय २२ जनाको नमुना परीक्षण गरिएको छ ।
अहिले क्वारेन्टाइनमा एक लाख ७२ हजार दुई सय ६६ जना बसेका छन् भने तीन हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुपछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन् ।










