मास्क महँगोमा बेचेको भेटिए डायल गर्नुस ११३७

देश । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । यसै क्रममा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्यका लागि प्रयोगमा आउने सामग्रीहरुमा कालाबजारी सुरु भएको छ । जस्तै हातमा प्रयोग गरिने स्यांटीलाइजर होस् या मुखमा लगाउने मास्क । सर्व सुलभ सुपमा उपलब्ध हुन् छाडेको छ , बजारमा । तर , यसै बीच मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् । उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने छ । गएकाे मङ्गलबारदेखि बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न पनि थालेको उहाँले जानकारी दिनुभयो । विभागले बिहीबार पनि बजार अनुगमन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्