थप ९ सय २७ मा कोरोना संक्रमण

देश । पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ३६ हजार ४ सय ५६ संक्रमितको संख्या पुगेको जनाए । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएके छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् । साथै , पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर निको भई १ सय ६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २ सय ४२ जना रहेको छ । यस्तै , हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

कमेन्ट गर्नुहोस्