सिड्नीको होली मेलामा मानसदेखि आमेशसम्म गुञ्जिदै

सिड्नी । शैक्षिक परामर्शदाताको रूपमा नेपाल र अस्ट्रेलियाबाट कार्य गर्दै आइरहेको बाबा एजुकेसन कन्सलटेन्सीले होलीलाई लक्षित गर्दै सांगीतिक कार्यक्रम गर्ने भएको छ । ‘बाबा होली मेला’ नाम दिईएको कन्सर्ट आउँदो मार्च १३ र १४ मा अर्थात बिहिबार र शुक्रबार सिड्नीको चर्चित बरुउड पार्कमा हुने भएको छ । यो कार्यक्रमको उद्देश्य सिड्नीमा बसोबास गर्ने नेपालीबीच एकता र भातृत्व सिर्जना गर्नु रहेको कन्सलटेन्सीका प्रमखु रवीन्द्र शर्माले जनाए ।

उनले भने, ‘यहाँ रहनुहुने नेपालीलाई होलीको अवसरमा एउटै थलोमा जमघट गराउने हाम्रो उद्देश्य हो । प्रवासमा नेपाली संस्कृति र चाडबाड मनाउँदा निर्धक्क भएर मनाउन पाइयोस् भनेर नै प्रवेश निःशुल्क गरेका छौं’, उनले भने । मेलामा नेपाली गीतसङ्गीतको प्रसिद्ध नाम मानस राज, आमेश भण्डारी, शिव परियार, नटकेस लगायतले प्रस्तुति दिने भएका छन् ।

कमेन्ट गर्नुहोस्