बेलायतको स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस

विदेश । पछिल्लो समय कोरोना भाइरसको संक्रमण चीन भन्दा पनि अन्य देशमा बढ्दो छ । चीनबाट उत्पति भएको यो भाइरस यतिबेला विश्वको टाउको दुखाइ बनेको छ । यसको उपचार पत्ता नलागेकै कारण स्वास्थ्यकर्मीले फैलिन नदिने उपाए र रोकथाममा लागेका छन् । पछिल्लो समय युरोपको इटालीमा बढ्दो संक्रमणको रुपमा रहेको कोरोना भाइरसबाट बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिस संक्रमित भएकी छिन्। संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् ।

कन्जरभेटिभ पार्टीकी सांसद समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि गरेकी हुन् । उनि कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद हुन् । आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेसँगै उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् । कोरोना बेलायतमा पनि फैलँदो अवस्थामा छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्