जोरबिजोरको नियम हट्ने

देश । कोरोना भाइरस (कोभिड – १९ ) को संक्रमण बढ्दो रहेता पनि यसको डर भने विस्तारै कम हुदैछ । हरेक क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किदैछन् । यसै क्रममा काठमाडौं उपत्यकामा लागु भएको जोर-विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरूको छलफलले भोलि(शुक्रबार)बाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमान्डौ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सार्वजनिक सवारी साधनमा देखिएको यात्रुहरूको चापको अवस्थालाई मध्यनजर गर्दै जोर विजोर प्रणाली हटाउने निर्णय भएको बताईएको छ । यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन भनिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

कमेन्ट गर्नुहोस्