पाकिस्तानले लगायो भारतीय फिल्म र टिभी च्यानलमा रोक

जयहोस् । पाकिस्तानले भारतीय टिभी च्यानल र फिल्मलाई प्रतिबन्ध लगाएको छ । शनिवार पाकिस्तानको सर्वोच्च न्यायलयले लाहौर न्यायलयको आदेश खारिज गर्दै भारतीय टिभी च्यानल , एफएम र फिल्ममा प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो । प्रमुख न्यायधिस साकिब नासिरले युनाइटेड प्रोड्युसर एसोशियसनद्वारा दायर गरिएको रिटमा शनिवार आफ्नो फैसला सुनाएका हुन् । भारतीय टिभी च्यानल तथा फिल्ममा आफ्नो देशको संविधानमा आच आउने किसिमको गतिविधि प्रशारण हुने भन्दै रोक लगाइएको प्रमुख न्यायधिसले स्थानीय पत्रकारलाई बताएका छन् । यसअगाडी नै सन् २०१६ मा पाकिस्तानी इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले भारतीय च्यानल बन्द गर्ने आदेश दिएको थियो । तर सन् २०१७ मा लाहौर उच्च न्यायलयले यस प्रतिवन्धलाई हटाएको थियो । भारतबाट पाकिस्तानी कलाकारलाई निकाल्ने किसिमको संचार भारतीय मिडियामा आएपछि सन् २०१६ मा नै पाकिस्तानले यस किसिमको एक्सन लिएको हो ।
कमेन्ट गर्नुहोस्