फिल्म । अभिनेत्री स्वस्तिमा खड्काले केहि समय अगाडी साउथ इन्डियन मलयालम फिल्म ‘थिरिमली’ मा कम गरिन् । यसको हालै टिजर सार्वजनिक गरिएको छ , जहाँ उनि एक गीतमा देखिएकी छिन् । उनको गीतलाई हिन्दी भाषामा सुनिधि चौहानले गाएकी छिन् । स्वस्तिमाको फिल्ममा केहि दृश्य समेत रहेको बताइएको छ । स्वस्तिमाले मलयालम टीमसँग काम गरेको अनुभव साटेकी छिन् । उनले एक शोमा कुराकानी गर्दै आफुले भिन्न अनुभव गरेको बताएकी छिन् ।
‘मैले टेक्निकल रुपमा नयाँ एक्सपरियन्स गरे । हामी टेक्निकल्ली अझै ग्रो हुन् बाँकी रहेछ’ स्वस्तिमाले भनिन् । उनले त्यहाँ टीमलाई कसले के गर्ने भन्ने राम्रो ज्ञान भएकाले काम फटाफट हुने बताइन । ‘हामी यहाँ बहाना बनाउन निकै माहिर छौँ । केहि समस्या आयो भने आफ्नो काम भन्दा पनि प्रविधिलाई दोष दिने वा बहाना बनाउने चलन छ’ स्वस्तिमाले भनिन् । उनले सोहि फिल्ममा एक जना प्राविधिकले काम गर्न नसकेको बताइन ।
‘जोनी जिप चलाउने मान्छे उनीहरुले ल्याएका रहेनछन् । पछि हाम्रै यहिँको प्राविधिकलाई काम गराउने भन्ने भयो । यद्दपी उहाँले गर्न सक्नु भएन । मैले किन भएन भनेर सोध्दा उहाँले बहाना बनाउनु भयो’ स्वस्तिमाले अनुभव साट्दै भनिन् ,’मलाइ री-टेक लिन पनि कस्तो अप्ठेरो भयो ।’उनले नेपाली फिल्ममा गरिने बहानाले नै काममा लगनशील नबनाएको बताइन । ‘वर्कशप गरौँ भन्दा हामी आर्टिस्ट पनि टाइममा आउदैनौ । यहाँ सबै पक्षले बनाउने बहानानै अप्ठेरो बनेको छ’ उनले भनिन् । उनले एक अमेरिकन फिल्मको लागि अडिसन दिएको सम्झिदै आफुलाई अडिसन मन पर्ने बताइन ।
‘लाइनमा लागेर त होइन तर क्यारेक्टरलाई स्क्रिन टेस्ट गरियोस् भन्ने चाही लाग्छ’ स्वस्तिमाले भनिन् । उनले अभिनय गरेको मलयालम फिल्म ‘थिरिमली’ मा एसके ल्वरेन्सको निर्माण रहेको छ भने यसको ७० प्रतिशत छायांकन नेपालमा गरिएको हो । एन्जल मारिया फिल्मको व्यानरमा निर्माण भएको फिल्ममा नेपालका निर्माता सरोज न्यौपानेले सहकार्य गरेका छन् । उनको प्रोडक्सन हाउस अनन्या फिल्म्स पनि निर्माताको रुपमा रहेको छ । फिल्ममा भारतीय कलाकारहरु विपिन जर्ज, धर्माजन बोलगाटीसँगै नेपाली कलाकारहरु स्वस्तिमा खड्का र माओत्से गुरुङ छन् । राजीव सेठ्ठी निर्देशित फिल्मको छायांकन काठमाडौं र मुस्ताङमा गरिएको छ । विशेषत उनि हिमाली भेगमा बसोबास गर्ने शेर्पाको कामबाट निकै प्रभावित छन् ।












