‘एनआरएन द सिङगर’ हुँदै

सङ्गीत । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ भन्ने नाराका साथ ‘एनआरएन द सिङगर’ सुरू भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजनमा उत्पादन गरिएको कार्यक्रम आउँदो महाधिवेशनलाई अगाडी सम्पन्न गर्ने गरी सुरू गरिएको हो । पहिलोपटक आयोजना हुन लागेको रियालिटि शो ‘एनआरएन द सिङगर’ का लागि सेप्टेम्बर ९ देखि २२ सम्म अडिसन गरिएको थियो । एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएर कार्यक्रममा सहभागी भएका छन् ।

अडिसनमार्फत उनीहरुलाई आयोजकले सुरुमा छानेपछि उत्कृष्ट ४० जनालाई छनोट गरेका थिए । उत्कृष्ट ४० जनाबाट उत्कृष्ट २०, १५, १२, १० र ५ गरी ग्रान्ड फिनाले आयोजना हुने गैरआवासीय नेपाली संघले जानएको छ । २० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिए पछि उत्कृष्ट १५ मा पुग्ने छन् । उत्कृष्ट १५ बाट अघि बढनेका लागि भने अनलाइन भोटको पनि आवश्यकता पर्ने छ । १५ बाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ ।

उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने छ । ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । तर, ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिङगरको’ उपाधि जित्न सफल हुनेछन् । उपाधि जित्नले नगदरु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु ३ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने उप संयोजक प्रवीण गुरुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्