‘चिलगाडी’ घोषणा

0 Shares

फिल्म । रङ्ग पत्रकार रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्म ‘चिलगाडी’ को घोषणा गरिएको छ । फूलपाती दिन पारेर फिल्म निर्माण हुने औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने फिल्मलाई जनकदीप पराजुलीले निर्देशन गर्नेछन् ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने फिल्ममा पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानले छायांकन रहने फिल्मका अन्य कलाकार तथा प्राविधिकहरु भने छनौट हुन बाँकी छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको फिल्म २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्